ग्याष्ट्रिकको औषधि भन्दै जंगली जडीबुटी सेवन गर्न दिने झाँक्री पक्राउ

सुशील सुवेदी

सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिका – ४ थाङ्पालकोटका जीदे तामाङलाइ प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जनाएको छ ।

तामाङले ग्याष्ट्रीकको औषधी भन्दै जंगली जडीवुटी सेवन गर्न दिँदा एक जनाको मृत्यु भएको थियो भने एक जना गंभीर विरामी परेका थिए ।थाङ्पालकोटकी–३५ बर्षिय मीना तामाङको जडीवुटी सेवनवाट मृत्यु भएको थियो भने उनको श्रीमान अविर तामाङ अचेत अवस्थामा पाईएको र मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारको लागि ओम अस्पताल काठमाडौंमा उपचार भैरहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङले जानकारी दिए ।

झारफुकगर्ने व्यक्ति (झाँक्री) ले जडिबुटी भन्दै दिएको औषधी खाँदा बिरामी परेको स्थानीयको भनाइ छ । सँगै जडिबुटि खाएकी १३बर्षिय छोरी रिया तामाङ भने सामान्य अवस्थामा रहेको निरीक्षक तामाङले जानकारी दिए । २१ गते राती जडीवुटी सेवन गरेका तामाङ दम्पती २२ गते अचेत अवस्तामाफेला परेका र उपचारकोलागि लैजाँदै गर्दा मीनाको वाटोमा मृत्यु भएको थियो । प्रहरीले औषधी भन्दै जंगली जडीवुटी दिएका जीदेलाई मंगलवार पक्राउ गरि अनुसन्धानसुरु गरेको र आज अनुसन्धान नसकिएको भन्दै म्याद थप गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्