रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्यान्सर उपचाररत बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ। अस्पतालले सूचना जारी गर्दै बाढीबाट प्रभावित भई उपचारका लागि आउने बिरामीलाई अस्पतालमा...

पकेट कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अधिकृतसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ – सिराहाको औरही गाउँपालिकामा सञ्चालित ‘साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम’मा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा...

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, हवाई साधनबाट ६ जनाको उद्धार

काठमाडौँ–  नेपाली सेनाले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। सेनाका अनुसार बुधबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट छ जनाको...

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार, ४ हजार २१६ अझै सम्पर्कविहीन

  काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। तर बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम...

बाढीपहिरोका कारण देशका १० मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा १० वटा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार केही सडक पूर्णरूपमा बन्द छन् भने केही स्थानमा...

बाढी प्रभावित रसुवा र नुवाकोटमा सङ्क्रामक रोग रोक्न विशेष निगरानी

काठमाडौँ – सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित सङ्क्रामक रोगको जोखिम न्यूनीकरण गर्न विशेष निगरानी र प्रतिकार्यका गतिविधि तीव्र पारेको छ। स्वास्थ्य तथा स्वच्छता मन्त्रालयका सहसचिव हेमन्तचन्द्र ओझाका...

भोटेकोशी-त्रिशूली बाढीबाट १६ लाख प्रभावित, हालसम्म ९८७ जनाको मृत्यु

काठमाडौं । भदौ १० गते नेपाल–चीन सीमा नजिकै गएको हिमपहिरो र त्यसपछि आएको विनाशकारी बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनमा उल्लेख छ।...

कायरा ट्रेडर्सका सञ्चालक किशोर गौतमद्वारा विपद् प्रभावित क्षेत्रमा खटिएका स्काउट स्वयंसेवकलाई सहयोग

काठमाडौं – बाढीपहिरोलगायत विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा परिचालित नेपाल स्काउटका स्वयंसेवकलाई कार्यमा सहजता प्रदान गर्ने उद्देश्यले रबर बुट र पञ्जा सहयोग गरिएको छ । कायरा ट्रेडर्सका...

भोटेकोशी बाढीमा बेपत्ता ९८७ जनाको शव फेला, ३ हजार ९१६ अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त...

सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु, आज विरुडा पञ्चमी

काठमाडौँ – सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु भएको छ। गौरा पर्वको पहिलो दिन पञ्चमीका अवसरमा महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन्। गौरा पर्वमा पञ्चमीका दिन घरको एक कोठा...

प्राध्यापक डा. तारा दत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त

काठमाडौँ । प्राध्यापक डा. तारा दत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त भएका छन्। उच्च शिक्षा, अनुसन्धान तथा विश्वविद्यालय प्रशासनको क्षेत्रमा लामो समयदेखि सक्रिय भट्टसँग करिब चार दशकको शैक्षिक तथा प्रशासनिक...

हेटौँडा-काठमाडौं आवागमन व्यवस्थापन गर्न दुई राजमार्गमा एकतर्फी सवारी सञ्चालन

हेटौँडा – मकवानपुरको हेटौँडाबाट विभिन्न राजमार्ग हुँदै काठमाडौं आवतजावत गर्ने सवारी साधनको चाप बढेपछि दुई प्रमुख सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार मंगलबारदेखि लागू...