आइतबार नेप्से परिसूचक ५६.०९ अंक बढ्यो

काठमाडौं – आइतबार नेप्से परिसूचक ५६.०९ अंक बढेको छ । जसमा सेयर बजारका सबै सूचक बढेका छन् ।सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ । सेन्सिटिभ सूचक २ प्रतिशत बढेको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १३ करोड भएको छ।

२१९ कम्पनीको मूल्य बढ्दा २३ को घटेको छ भने २ को स्थिर रह्यो । यस दिन फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सूचक सबैभन्दा धेरै ६.३० प्रतिशत बढ्यो । बैंकिङ २.२०, विकास बैंक २.२२, होटल तथा पर्यटन १.७१, हाइड्रोपावर २.७३, लगानी १.९९, जीवन बीमा १.३४, उत्पादन ३.१२, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा १.४९, अन्य १.६२ र व्यापार ०.९० प्रतिशत बढे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्