झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न बितरण कार्यक्रममा खनालले सरकारले प्राकृतिक विपत्‌को तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए । उनले अहिले सरकार भएको आभाष नभएकाले जनताले आफ्नो सरकार बनाउने बाटो खुल्ला गर्नुपर्ने जिकिर गरे । अहिलेको सरकार पूर्णरुपमा फेला भएकाले विपक्षीमा रहेका दलहरू अघि बढेर काम गर्नुपर्ने उनको भनाइ छ ।

खनालले मौसमविद्हरूले ठूलो वर्षा हुनसक्ने जानकारी गराउँदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढङ्गले गर्न नसक्दा ठूलो धनजनको क्षति भएको भएको जिकिर गरे । खनालले सरकारले गरेको लापरवाहीको कारण जनता समस्यामा परेको उल्लेख गरे । उनले प्राकृतिक विपदपछि पार्टीको सम्पूर्ण जनशक्ति जनतामा केन्द्रीत गरेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्