दसैँअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैन : भौतिक मन्त्रालय

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बीपी राजमार्ग दसैँअघि खुल्ने सम्भावना नरहेको जानकारी दिएको छ ।  बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग दसैँअघि सञ्चालनमा नआउने जानकारी दिएका हुन् ।

मन्त्रालयको टोलीले स्थलगत अवलोकनसमेत गरेर आएको जानकारी दिँदै सचिव शर्माले दसैँ अगाडि बीपी राजमार्ग खुल्ने सम्भावना नभएको बताएका हुन् । राजमार्गमा काम निरन्तर गरे पनि सडकमा अड्किएका गाडीहरुलाई ल्याउने काम मात्र सकिने र सार्वजनिक गाडी छोड्नेगरी नै गर्नसकिने अवस्था नरहेको बताए ।

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको जानकारी मन्त्रालयले दिएको छ । तीमध्ये ७ सय ७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्रउपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको सचिव शर्माले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्