फिजम निबन्ध, हस्तलेखन तथा चित्रकला प्रतियोगीता : नेपाली हस्तलेखनमा अर्किडकी पकृति थापा प्रथम

काठमाडौँ – नेपाली हस्तलेखनमा अर्किड प्युपल सेकेन्डरी स्कुलकी छात्रा पकृति थापा प्रथम भएकी छिन् । आइतबार काठमाडौँमा संस्थागत विद्यालयलय सचालकहरुको मंच (फिजम) ले आयोजना गरेको निबन्ध हस्तलेखन तथा चित्रकला प्रतियोगीता अन्तरगत नेपाली हस्तलेखनमा अर्किडकी थापा प्रथम भएकी हुन् । यस्तै दोस्रो स्थानमा भिमेश्वर एकेडेमीकी संस्कृति मगर, तेस्रोमा लाइसियम प्याराडाइजकी ग्रिस्मा रिजाल र चौथोमा बेष्ट ग्रुप भिजनका एन्जेल ओड छनौट भएका छन् ।

यस्तै अंग्रेजी हस्तलेखनमा बेष्ट ग्रुप भिजनकी ओन्सिका विक प्रथम भएकी छिन् भने अर्किडका निम्साङ तामाङ द्धितीय भएका छन् । यस्तै ग्रामर स्कुलका तपेन्द्र ढुंगाना तृतीय भएका छन् भने मोनास्टिक स्कुलकी प्रगती सेढाइ चौथो हुन सफल भएकी छिन् ।

यसै गरी नेपाली निबन्ध लेखनमा जिमियम नेशनल एकेडेमीकी कृतिका श्रेष्ठ प्रथम भएकी छिन् । यस्तै ब्रेन हर्ट स्कुलकी सुजाता गौतम द्धितीय र भिमेश्वरका अमिस कुमार यादव तृतीय भएका छन् । चौथोमा भने ग्रामरकी क्षितिज आले रहेका छन् । अंग्रेजी निबन्ध लेखनमा ग्रामर स्कुलका रसिया सुब्बा थेवे प्रथम भएका छन् भने माउन्ट सेव स्कुलकी अमिसा कुमारी थिङ द्धितीय भएकी छिन् भने ग्लोबल स्कुलकी श्रेया पोखरेल तृतीय भएकी छिन् । यस्तै चौथो स्थानमा भिमेश्वर एकेडेमीका स्पर्श खतिवडा रहेका छन् ।

चित्रकला तर्फ भने वेष्ट ग्रुप भिजनका सुजित कुमार राम प्रथम भएका छन् भने नेक्ससका आदित्य ठाकुर द्धितीय तथा माउन्ट सेव स्कुलकी प्रसंसा श्रेष्ठ तृतीय र जिमियम नेशनल एकेडेमीकी जेनिसा थापा मगर चौथो भएकी छिन् । फिजममा आवद्ध विद्यालयहरुले विभिन्न समयमा यस्ता प्रतियोगिता गर्दै आएक छन् । आइतबार पेप्सिकोलास्थित ग्लोबल पब्लिक स्कुलमा कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्