रौतहट । रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका वडा ४ को भवन निर्माण कार्य सुरु भएको छ। मेयर रिना कुमारी साहको विशेष पहलमा वडा ४ को कार्यालय प्रयोजनको लागि २ तले भवनको निर्माण कार्य प्रारम्भ भएको हो ।
मेयर साहले एक समारोहकाबीच उक्त भवन निर्माणका लागि शिलान्यास गरेकी थिइन् ।
करीब १ करोड रुपैयाँको लागतमा निर्माण भईरहेको भवनको ठेक्का एनएम कन्स्ट्रक्सन सर्लाहीले जिम्मा पाएको छ । उक्त भवनको निर्माण कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने समझौता भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।
भवन निर्माण पछि वडा ४ को सम्पूर्ण सेवा त्यहीँबाट प्रवाह हुने बताईएको छ ।