बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले दिए राजीनामा

काठमाडौं – बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनले राजीनामा दिएको बंगलादेशको पत्रिका द डेली स्टारले उल्लेख गरेको छ ।

उनले आजै राजीनामा दिएका हुन् । उनको राजीनामा पत्र कानुन मन्त्रालयमा पुगिसकेको छ ।

शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बंगलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । अन्य न्यायाधीशको भने राजीनामा आएको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्