मालिकार्जुनको नाम लिएर प्रश्न उठाउनेहरुलाई ‘घात’ हाल्दै शैल्यशिखरका मेयर धामी

काठमाडौँ – शैल्यशिखर नगरपालिका दार्चुलाका मेयर विजयसिंह धामीले समाजिक संञ्जालमा अमर्यादित स्टास लेखेका छन् । मेयर धामीले शैल्यशिखर नगरपालिकामा ६५% मानिस भिजन नभएका भनेका छन् । मेयर धामी माथी प्रश्न गर्ने पत्रकार र वकिलाई मालिकार्जुन स्वामीले उनिहरुको पुस्तौ सम्म बाटो नदिने भन्दै सरापी रहेका छन् । सामाजिक संजालमा लेख्दै मेयर धामीले पदिय मर्यादा विपरित निच भाषामा आफ्नो आक्रोश व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘शैल्यशिखर न०पा०मा भिजन नभएका ६५%मान्छेबसेका रहेछन राम्रो कामको प्रसंसा कहि कतैबाट लेखेको मैले फेसबुकमा हेरछुत बा देखिदैन यस्ता भिजिलान्ते पत्रकार वा क्या गजपका आदर्णिय पत्रकार वोकिल भनाउदा त्यस्ताजोशि वोकिल लाई श्री मालिकार्जुन स्वामिले वाहाँकोतन्सनतान ले र नाति पुतका दिनसम्म पनि बाटो नपाओस अर्काेकुरा पत्रकार बन्दु मअझ पनि धैर्यधारण को पर्तिक्षामा नै छु अन्तमा मित्रको आक्रोसमा उत्रन नपरोस धेरै धेरै फेसबुक म पनि चलाउ छु। तिमि मात्रै बिद्धान हैनौ तपाई जस्ताले मेरोहिडेको बाटो देख्नपनि देख्दैनौ पुग्नत कहा हो कहा हेक्का रहोस धन्यबाद त तिमि लाई होईन श्रीमालिकार्जुुन स्वामी लाई धन्यबाद पुनः हेक्का रहोस ।’

नगरबासीले उठाएको प्रश्नको जवाफ मेयर धामीले दिनुपर्ने भएपनि उनले त्यो जवाफ मालिकार्जुनले दिने आशय व्यक्त गरेका छन् । मालिकार्जुन देवता त्यस क्षेत्रका मुख्य देवकाे रुपमा पुज्य छन् । मेयर धामीले मालिकार्जुन देवताको डर देखाएर नगरबासीहरुलाई गुमराहमा राख्न खोजेको प्रष्ट बुझ्न सकिन्छ ।

यो पनि 

शैल्यशिखर नगरपालिका मेयर धामीलाई पक्राउ गर्न माग गर्दै अख्तियारमा निवेदन, १ करोड १५ लाख हिनामिना गरेको आरोप

शैल्यशिखरका दुई जना कर्मचारी ४ लाख १२ हजार घुससहित पक्राउ, ५० लाख ६० हजारको चेकसमेत बरामद

२०७९ सालमा भाएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका मेयर धामीको कार्यकालको आर्थिक वर्ष २०८०/८१ मा १० करोड बेरुजु आएपछि नगरबासीहरुले मेयर धामी माथी बारम्बार प्रश्न उठाउँदै आएका छन् । यसैबीच असार ३१ गते शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामी कैलालीमा नगद र चेक घुस सहित रंगेहात पक्राउ परेका थिए । पक्राउ परेपछि उनिहरुले घुस रकम मेयर, वडाअध्यक्ष र हाकिमलाई दिनु पर्ने बयान दिएका थिए । अख्तियारले मुद्धादायर गरेपछि अहिले पनि उनिहरु हिरासतमा छन् । त्यसपछि सामाजिक सञ्जालमा निरन्तर चाँसो दिने नगरवासीहरुलाई मेयर धामीले मालिकार्जुनको नाम लिदै ‘घात’ हालेका हुन् । धामी शैल्यशिखर–६ ग्वानीका बासिन्दा हुन् । अधिबक्ता विरभद्र जोशीले मेयर धामी विरुद्ध अख्तियारमा उजुरी दिएपछि धामी आक्रोशित बनेका हुन् । उनले यहि आक्रोश सामाजिक संजालमा पोखेका हुन् । सामाजिक संजालमा लेखेको स्टाटस मेयर धामीको हो वा होइन भनेर हामीले मेयर धामीलाई पटक–पटक फोन गर्दा समेत उनको फोन उठेन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्