काठमाडौँका नदीहरुमा जलप्रवाह उच्च, किनारा क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ –  हिजो (शुक्रबार) देखि नियमित परिरहेको बर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ । सडकहरुमा पानी जम्मा भएको छ । कति ठाउँका नदी किनारामहरुमा पानी प्रवेश भएको छ । केही स्थानहरु डुवानमा परेका छन् ।

पानी नियमित परिरहेकोले नदीहरुमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, नदी किनारामा रहनुभएका व्यक्तिहरुलाई उच्च सतर्क रहन आग्रह गर्दै बाढीजन्य विपद परेमा बाढीजन्य विपद परेमा महानगरपालिकाका हटलाइन १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार २१ गतेदेखि २७ गतेसम्मको मौसम पूर्वानुमान गर्दै देशभर साधारणातया र पूर्णतया वदली रहने जनाएको छ । सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट््याङ्सहित हल्कादेखि मध्यम बर्षा र केही स्थानमा धेरै भारीदेखि अति भारी बर्षाको सम्भावना रहेको बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्