काठमाडौँबाट लेकमका विद्यार्थीहरु गाउँ फर्किए

काठमाडौँ –लेकम गाउँपालिका दार्चुलाले काठमाडौँबाट विद्यार्थीहरुलाई गाउँ फर्काएको छ ।
सोमबार राति काठमाडौबाट चन्द्रागिरी यातायातका ३ वटा गाडीमा विद्यार्थीहरुलाई पठाएको हो । महेन्द्रनगरबाट काठमाडौँ गाडी आउने भनिए पनि पासको समस्याका कारण चन्द्रागिरी यातायातको गाडी बुकिङ गर्नुपरेको काठमाडौँ सम्पर्क व्यक्ति शिवराज जोशीले उपहार खवरलाई जानकारी दिए ।

उपत्यकाबाट लगभग १ सय जना विद्यार्थीहरु दार्चुला फर्किएका छन् । युव संघका केन्द्रीय सदस्य नरेश गरिले काठमाडौँमा भएका विद्यार्थीहरुलाई घर पठाउन सहजीकरण गरेका छन् । मंगलबार मात्रै काठमाडौबाट गाडि जाने भन्ने सूचनाले धैरै मानिसहरु अझै पनि काठमाडौँमा अलपत्र छन् । काठमाडौँमा छुटेकाहरुको पनि छिट्टै व्यवस्थापन हुने काठमाडौँ सम्पर्क व्यक्ति  जोशीले बताए ।

लेकम गाउँपालिको कैलाली, कञ्चनपुर, काठमाडौँ लगायतका ठाउँहरुमा अलपत्र नागरिकहरुलाई उद्धार गर्ने निर्णय गरेको छ । गाउँपालिकाले कञ्चनपुरबाट आइतबार नै १२५ जनालाई  गाउँ फर्काएको छ । तर गाउँ फर्किएर क्वारेन्टाइनमा नबस्दा स्थानीयमा त्रास उत्पन्न भएको छ । गाउँपालिकाले घर फर्किन नचाहने तर समस्या भएकालाई लाई जनही २ हजारका दरले राहत उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्