इरानमा दुई महिलासहित सात जनालाई फाँसी

काठमाडौँ । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ । जसमा दुई महिला पनि छन् । इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ ।

फाँसीमा झुण्डिएकामध्ये एक महिला र पाँच पुरुष लागुऔषध सम्बन्धी अपराधमा पक्राउ परेका छन् ।

यसै क्रममा मृत्युदण्डको सजाय पाएकी अर्की महिला पनि श्रीमानको हत्या गरेको अभियोगमा दोषी ठहर भएकी छन् । इरानमा यो वर्ष अहिलेसम्म २ सयभन्दा बढीलाई मृत्युदण्ड दिइएको छ । यो पछिल्लो दशकमा सबैभन्दा ठूलो संख्या हो ।

इरानी र्‍यापर टूमाज सालेही पनि हालैका दिनमा फाँसी दिइएकामध्ये एक छन् । सालेही इरानी सरकारविरुद्ध गाएका गीतबाट चर्चामा आएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्