सचिवका लागि डा. राजेन्द्र मिश्र सहित तीन सहसचिवको नाम सिफारिस

काठमाडौँ – एक रिक्त सचिवका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । कृषि तथा वन कलष्टरतर्फ सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम सिफारिस गरेको हो ।

जसमा सहसचिवहरू सञ्जीव कुमार कर्ण, सवनम शिवाकोटी अर्याल र डा. राजेन्द्र कुमार मिश्रलाई सचिवमा बढुवाको लागि सिफारिस गरेको हो ।

उनीहरू तीनै जना कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तरगत कार्यरत छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जना मध्येबाट एक जनालाई सचिवमा बढुवा गर्ने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्