शिक्षकको तलब मासिक रूपमा दिने सरकारको घोषणा

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने सरकारको योजना प्रस्तुत गरेका हुन् ।

अहिले शिक्षकहरूले चाैमासिक रूपमा तलब पाउँदै आएका छन् । शिक्षकलाई राजनीतिक दलसँग आवद्ध हुन नदिने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने घोषणा पनि सरकारले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्