कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ।

संसदीय दल कार्यसमितिको बैठक सोमबार दिउँसो १ बजे तय गरिएको छ। संसदीय दलको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ। समसामयिक राजनीतिक परिस्थिति, सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

गत २८ गतेबाट संसद्को बर्खे अधिवेशन सुरू भएको थियो। सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति नबनाइ संसद् अगाडि बढ्न नसक्ने बताएपछि पहिलो दिनको बैठक नै अवरूद्ध हुन पुग्यो। संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष राजी भएको छैन।

यसैबीच सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। संसद्को गतिरोध हटाउने विषयमा आज साँझसम्म एउटा निष्कर्षमा पुगिने प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्