आठौँ अर्किड कप : आजको खेलमा कौटिल्य, धर्मस्थली, युनाइटेड युनिभर्सल र नेक्सस् विजयी

काठमाडौँ – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज ४ खेल भएका छन् । जस अन्तरगत पहिलो खेल प्रितिमा स्कुल र कौटिल्य स्कुलबीच भएको छ । कौटिल्य स्कुल ३–० गोलले विजयी भएको छ ।
यस खेलमा अनिस खड्काले २ र सुमन लामाले १ गोल गरे गोल गरेर खेललाई आफ्नो पोल्टामा ल्याउन सफल भए । खेलमा म्यान अफ द म्याच प्रितिमाका शीर्षक डोटेल भएका छन् ।

यस्तै दोस्रो खेल विद्याआर्जन स्कुल र धर्मस्थली स्कुलबीच भएको छ । यस खेलमा धर्मस्थली स्कुल विजयी १–० गोल अन्तरले विजयी भएको छ । धर्मस्थलीका अर्नव घलेले १ गोल गरेका थिए । म्यान अफ द म्याच भने विद्याआर्जनका युसन खड्का भएका छन् ।


आजै सम्पन्न भएको तेस्रो खेलमा युनाइटेड युनिभर्सल स्कुल विजयी भएको छ । युनाइटेड युनिभर्सलले न्यु स्टार पोललाई २–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेड युनिभर्सलका सफल बुढाथोकीले १ गोल गरेका थिए भने १ आत्मघाती गोल भएको थियो । तेस्रो खेलमा न्यु स्टारका योगल मल्ल म्यान अफ द म्याच भएका छन् । आजै सम्पन्न भएको चौथो खेलमा ग्रिनविच स्कुललाई नेक्सस स्कुलले २-० गाेल अन्तरले पराजित गरेको थियो ।

आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० अन्तर्गत भोली ७ वटा खेल हुने आयोजक अर्किडले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।

आठौँ अर्किड कप जुनियर फुटवल: आज सात वटा खेल सम्पन्न

आठौँ अर्किड कप: उद्घाटन खेलमा गणेश हिमाल, सन्जय साही विद्यामन्दिर र बह्मकुञ्ज स्कुल विजयी

आठौँ अर्किड कप भव्यताका साथ उद्घाटन, आज तीन खेल हुदैँ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्