माओवादी केन्द्रको बिद्यान सम्मेलन फागुन पहिलो साता

काठमाडौं, ५ पुस । सत्तारूढ नेकपा माओवादी केन्द्रको आगामी  फागुन पहिलो साता विधान सम्मेलन हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो विधान सम्मेलन गर्नको लागि विधान मस्यौदा समिति गठन गरेको छ ।

 

पार्टीका उपाध्यक्ष तथा केन्द्रिय प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार सो समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरीराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा साथै सचिवद्वय गणेश शाह र हितमान शाक्य सदस्यको रुपमा रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्