काठमाडाैँ- मेलम्ची खानेपानी संघर्ष समितिले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज शुक्रबार कोटेश्वरको महादेव मन्दिर परिसरमा विहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेको समिति संयोजक गोविन्दराज पन्तले बताएका छन् ।
यहि मंसिर ८ गते मेलम्ची खानेपानी आयोजनाको खानेपानी आपूर्तिमा देखिएको व्यवधानको बारेमा यथार्थ जानकारी लिने उद्देश्यले काठमाडौँ महानगरपालिका वडा नं.३२ कोटेश्वर र अन्य उपत्यकावासीको तर्फबाट स्वफूर्त रुपमा प्रतिनिधित्व गर्दै ६ जनाको टोलि हेलम्बु गाउँपालिकाको अम्बास्थान जुन मेलम्चीको हेडवक्र्स थियो त्यहाँ उक्त टोलि पुगेर स्थलगत निरिक्षण समेत गरेको छ । गोविन्दराज पन्तसँगै हरि गौतम, राममणि अधिकारी, रामभक्त थापा, नारायण गिरी, गोगन पराजुलीको टिम उक्त स्थलमा पुगेको हो ।
मेलम्ची खानेपानी आयोजना नेपालको राष्ट्रिय गौरबको अयोजना मध्येको एक हो जसका लागिहालसम्म ७० अर्ब रुपैया खर्च भइसको छ । निरन्तर लगानी भइरहदापनि जनतालाई स्वच्छ खानेपानी आपूर्ति गर्ने जिम्मेवारीबाट सरकार पन्छिएको संघर्ष समितिले आरोप लगाएको छ । गत बर्षमा अस्थायी रुपमा वितरण गरिएको खानेपानी गत असार देखि बन्द गरिएको छ । बर्ष सकिएको दुई÷अढाई महिना वितिसक्दापनि आयोजना सञ्चालन गर्ने कुनै सुरसार नभएकोले आफुहरु आक्रोशित भएको हरि गौतमले जानकारी दिनुभयो ।
उक्त समतिले मेलम्ची खानेपानी विकास समितिलाई समेत ध्यानाकर्षण पत्र बुझाइसकेको छ । यदि मेलम्ची खानेपानी आयोजनामा सरकारले चासो नदेखाए कडा र्सघर्ष सहित आन्दोलनको घोषणा गर्ने समेत चेतावनी दिएका छन् ।