काठमाडौं – चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने विजयी भएका छन् । भारी मतान्तरले निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठलाइ पछि पार्दै विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । श्रेष्ठदले ११ हजार २५१ मत पाए ।
लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए ।