सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना, काठमाडाैंमा समेत हल्का बर्षा

सांकेतिक तस्बिर

काठमाडाैं – नेपालमा स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेसँगै काठमाडाैं उपत्यकासहित आज केही ठाउँमा पानी परेको छ ।  बाग्मती, गण्डकी, मधेस र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । अझ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो पछि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको छ भने तराईका जिल्लामा तीव्र गतिमा हावाहुरीसमेत चल्ने मौसमविद्ले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्