पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदै

काठमाडौं – नाबालिग बलात्कारको अभियोग लागेका पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सनुवाई हुने भएको छ । गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्