काठमाडौँ – गजल गायक कमल बिष्टको सुमधुर स्वर तथा युवा कवि ,गीतकार तथा गजलकार उत्तम विचारको शब्दमा “एकै हुन्छ माया” बोलको गजल सार्वजनिक भएको छ । गजलमा कमल बिष्ट स्वयम् को संगीत रहेको छ।
नेपाली सुगम सङ्गीतका फाँटमा एक दर्जन जति गीतहरू प्रस्तुत गरिसकेका श्रष्टा उत्तम बिचारको गजल यात्रा भने यो नै पहिलो रहेको छ ।
पर्यटन क्षेत्रमा सक्रिय रहेका श्रष्टा उत्तम बिचारका गीत कविता मुक्तक हरुले समाजको वास्तविकता बोल्छन् । कहिले उनको गीत, गजल तथा रचनाले प्रेमको पीडा बोक्छ, त कहिले समाजको बास्तविक यथार्थताको कथा बोल्छ ।
प्रेमको संकट पछिको बास्तविक यथार्थता प्रस्तुत गर्न खोजिएको छ । उक्त गजलको एरेन्ज ऋदम कँडेलले गरेका छन् । नेपाली गजल पारखी हरुका लागि प्रस्तुत गजलले ‘एकै हुन्छ माया गराइ अलग छन् दिने घाउ नै हुन् दुखाइ अलग छ’’ गजलले सामाजिक पृष्ठभूमि लाइ गहन रुपमा प्रस्तुत गरिएको छ ।
योग्य गुरू तिलक सिंह पेला का सुयोग्य चेलाका रुपमा परिचित कमल बिष्ट गजल प्रेमीहरुका बिच सुपरिचित गायक हुन् । शब्द संगीत र स्वरको त्रिवेणी संयोजनले मिठास भरेको अनुभूति गराउंछ ।उनका ‘’उ मर्यो भन्दिनु ‘’ , ‘’बिरही माया ‘’ , ‘’नबोली नबोली ‘’लगायतका गजलहरु चर्चित छन् ।