भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी प्रहरीको नियन्त्रणमा,

६ साउन, विराटनगर । भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको सुपारी २ हजार ६७८ बोरा छ । आठवटा ट्रकमा लोड गरिएको दुई हजार छ सय ७८ बोरा सुपारी प्रहरीले नियन्त्रणमा लिएको पुष्टि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गरेका छन्। उनका अनुसार सुपारी दुई लाख १९ हजार पाँच सय ९६ किलोग्राम छ। सुपारी नेपाली आठ करोड ६३ लाख ८१ हजार पाँच सय ६८ रूपैयाँ बराबरको छ। यसको भारतीय मूल्य पाँच करोड ३९ लाख ८८ हजार चार सय ८० रुपैयाँ हुन्छ।

एकैपटक ठूलो परिणाममा भारत लैजाने तयारी हुँदै गर्दा ट्रकसहित सुपारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले सुपारी लोड गरिएको युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका ट्रक नियन्त्रणमा लिएको हो।

प्रजिअ दाहालले तस्करी गरेर भारततर्फ लैजान लागिएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको बताए। उनका अनुसार सुपारीको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने दाहालको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्