काठमाडाैं – चर्चित देउडा गायक भानुभक्त जोशी र दानसिँह धामीको शब्द रहेको छुट्यो तम्रो साथ गीत सार्वजनिक भएको छ । बगौरा जीप दुर्घटनामा आधारित उक्त गीतमा शेरी औजीले स्वर दिएका छन् । निक्कै मार्मिक शब्द समेटिएको गीतमा लय माधव विष्ट कैलाशको रहेको छ । भुवन प्रकाश बडुले एरेन्ज गरेको उक्त गीत बिग परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो ।
निरन्तर मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा मनछुने शब्द समावेश गरिएका छन् । कसैकी अधुरो जन्म : कोहि पुरा दिन खान्या, जिन्दगी त यात्रा रहेछ, कै घुम्तीमा छाड्या । घर फर्किने आसमा बाटो हेरेको होला तर गाडी भीरमा रहेको ह्दयस्पर्शी शब्द समावेश गरिएका छन् ।