बाजुराको बुढिगंगा नगरपालिका १० को वडाअध्यक्षमा एमाले उम्मेदवार दलबहादुर साउद विजयी

देबराज पाध्याय, बाजुरा
बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका १० को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउद विजयी भएका छन् । काँग्रेसका उम्मेदवार मोहनबहादुर बुढालाइ लाई पराजित गर्दै साउद विजयी भएका छन् ।
विजयी साउदले ५सय ४८ मत ल्याएका थिए, भने उनका निकतम् प्रतिद्धन्दी महोन बहादुर बुढाभले भने ४ सय ९१ मत ल्याएका हुन् । दुबै जना मा जम्मा ६७ मतान्तरले सोही वडा हारजित भएको छ । यस वडा मा पनि नेकपा एमाले बिजयी भएको छ । २०७४ सालको स्थानीय चुनावमा पनी यस वडामा ने क पा एमालेको बिजयी भएको थियो ।
बुढीगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।

नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्