बाजुराको बुढिगंगा नगरपालिका वडा नं. १ को वडाध्यक्षमा रणबहादुर थापा बिजयी

देबराज पाध्याय, बाजुरा

बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लोग बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् ।
विजयी थापाले ३ सय ५३ मत ल्याएका थिए, भने उनका कितम् प्रतिद्धन्दी लोग बहादुर थापाले भने ३ सय १८ मत ल्याएका हुन् । दुबै जनामा जम्मा ३५ मतान्तरले सोही वडा हारजित भएको छ । सोही वडाबाट एमालेका मेयर रामबहादुर बांनियाले ३ सय ५० काँग्रेस मेयर रंग बहादुर खातिले ३ सय ३८ र एमाले उपमेयर माया कुवरले ३ सय ५० काँग्रेस उपमेयर रिता शाही शाहले ३ सय ३८ मत ल्याएका छन् ।

एक नम्बर वडामा १३ सय २६ मतदाता रहेको वडामा ८ सय ३१ मत खसेका थिए । २०७४ को स्थानिय चुनावमा यो वडा नेपाली काँग्रेसले जितेको थियो ।
बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।

नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्