काठमाडौं – संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् ।
एकीकृ समाजवादीले आलेसहित चारमन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि आइतबार पत्रकार सम्मेलन गरेका आलेले आफू सफल भएको दाबी गरेका छन् ।
कार्यकाल कति सफल भयो भनेर कसैले सोधे आफ्नो उत्तर ९० प्रतिशत हुने उनले बताए । आफूले एक्सन मन्त्रीको उपमा समेत पाएको भन्दै उनले भनेका छन्, मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु ।’