गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मी पन्तले दिए सुत्केरीलाई रगत

दार्चुला – गोकुलेश्वर अस्पतालका एक जना स्वास्थ्यकर्मीले एक सुत्केरी महिलालाई रक्तदान गरेर ज्यान बचाएका छन् । अस्पतालका हेल्थ असिस्टेन्ट ओमप्रकाश पन्तले रक्तदान गरेर बैतडीको डिलासैनी ३ की निर्मला नाथलाई बचाएका हुन् । नाथको ब्लड ग्रुपसँग स्वास्थ्यकर्मी पन्तको ब्लड ग्रुप मिलेपछि पन्तले नाथलाई रक्तदान गरेका हुन् ।

नाथलाई सुत्केरी व्यथा लागेपछि आफन्तले आइतबार गोकुलेश्वर अस्पताल भर्ना गरेका थिए । अस्पतालमा सुत्केरी भएपश्चात उनलाई अत्यधिक रक्तश्रावको समस्या देखिएको थियो ।

सुत्केरी पश्चात् रगत अभावमा अस्पतालको शय्यामा छटपटाइ रहेका नाथलाई स्वास्थ्यकर्मीले आवस्यक मात्रामा रक्तदान गरेपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको गोकुलेश्वर अस्पतालले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्