‘२०१५ मा एसपीपीका लागि पत्र लेख्दा मलाई कुनै जानकारी दिइएन’ : ओली

FILE PHOTO

काठमाडौं – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पछिको विवाद स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विवादबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेका छन् ।

शुक्रबार स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले २०१५ मा एसपीपीका लागि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पत्र लेख्दा आफूलाई जानकारी नै नगराइएको बताए ।

‘हामीलाई कतै पनि बताइएन । २४ गते म संसदबाट निर्वाचित भए, २५ गते सपथ लिए । तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन्। प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छु । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो ।’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले भ्रम फिँजाएर ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गरेर झूठो प्रचार गरेको पनि ओलीले बताए ।

उनले भने, ‘अस्तिमात्रै प्रचण्डले यो त केपी ओलीले गरेको भनेर भ्रम फिँजाए । झुठ र बेइमानीको पनि हद हुन्छ नि ! असोज ३ गते संविधान जारी भो । यो समय प्रधानमन्त्री र रक्षामन्त्री एकैजना हुनुहुन्थ्यो सुशिल कोइरालाजी । उहाँले रक्षामन्त्रीको हैसियतले निर्णय गर्नुभएछ र यो एसपीपीमा नेपाल पनि पक्ष हुन पाओस् भनेर आग्रह गर्ने निर्णय गर्नुभएको रहेछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्