पैसा बाहेक अरू केही पनि नसोच्नेहरूको हातमा सरकार पुग्यो : ओली

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा सरकार पुगेको टिप्पणी गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा आज आइतवार ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पैसाबाहेक केहि नसोच्नेहरुको हातमा सरकार पुगेको बताए ।

अध्यक्ष ओलीले भने, ‘पैसाबाहेक अरू नसोच्नेहरूका हातमा सरकार पुगेको छ । यस्तो अवस्थामा केको वातावरण ? त्यो सबै कुरा टुङ्गियो । यी कुरा अहिलेका सरकारका मान्छेहरूलाई मलाई थाहा छैन । वातावरण विनाशको डिलमा पुग्न लागेको छ । यसबारेमा सरकारको केही रूचि छ कि छैन, ज्ञान छ कि छैन ?’

अध्यक्ष ओलीले नेपालको हिमालले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ’सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको बताए । उनले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्त्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहँदा विश्वका नेताहरूसँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्त्व दर्शाउनका लागि अन्तर्राष्ट्रियस्तरको ’सगरमाथा संवाद’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पनि स्मरण गराए । तर त्यो सन् २०२० मा कोभिडका कारण अघि बढ्न नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीको भनाइ थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्