पाकिस्ताको सर्वाेच्च अदालतले नेशनल असेम्बली (संसद्) विघटनको निर्णय बदर गरिदिएको छ । सर्वाेच्चले उपसभामुख कासिम सूरीको फैसलालाई असंवैधानिक भएको बताउँदै संसद् विघटनको निर्णय बदर गरेको हो । अदालतले सभामुखलाई आउँदो अप्रिल ९ तारिख शनिवार संसद्को सत्र बोलाउन आदेश दिएको छ ।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई संसद् भङ्ग गर्ने सुझाव दिन नसक्ने सर्वाेच्च अदालतले आफ्नो फैसलामा भनेको छ ।
यसअघि प्रधानमन्त्री इमरान खानले विश्वासको मत नपाउने पक्का भएपछि उपसभामुख कासिम खान सुरीले प्रस्तावलाई नै खारेज गरिदिनुभएको थियो । अविश्वासको प्रस्ताव खारेज भएकै दिन गएको आइतवार प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नुभएको थियो ।