काठमाण्डौ – शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज छलफल गर्ने भएको छ ।
कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । यसबारे आज निर्णय हुनेछ ।
केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ । राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न भनेको छ ।