काठमाडौंकाे मिनभवन र बिजुलीबजारमा भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु, को हुन् मृतकहरु ?

काठमाडौं – काठमाडौंका मिनभवन र बिजुलीबजारमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मिनभवनमा बागमती प्रदेश ०२-०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ ।

उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गौतमलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । यसैगरी बिजुलीबजारमा गएराति साढे ११ बजे नम्बर नखुलेको टिपरले ठक्कर दिंदा कालीकोटको पचालझरना घर भई भक्तपुरको व्यासी बस्दै आएका विपिन विकको मृत्यु भएको छ । ठक्कर दिने टिपरको नम्बर नखुलेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्