पूर्वबाट पश्चिम जादैँ गरेको बस दाङमा दुर्घटना, ९ जना घाइते

दाङ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीमा बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् ।

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा नौ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घाइतेहरुलाई लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण खुलेको छैन । तर तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्