एमाले जिल्ला अधिवेशनः दार्चुलामा नौ वटै पालिकाबाट प्रतिनिधि चयन (नामावली सहित)

दार्चुला – नेकपा एमालेको जिल्ला अधिवेशनका लागि दार्चुलामा शनिबार ९ वटै स्थानीय तहबाट प्रतिनिधि चयन गरिएको छ । जिल्लाका ६१ वटै वडाबाट सर्वसम्मत रुपमा १५–१६ पुसमा प्रतिनिधि छनोट गरेको एमालेले शनिबार गाउँ/नगर पालिका कमिटीबाट प्रतिनिधि चयन गरेको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक सिंह बडालले बताए ।

उनकाअनुसार नगर कमिटीबाट ४ जना पुरुष र २ महिला गरी ६ जना तथा गाउँपालिका कमिटीबाट ३ जना पुरुष र २ जना महिला गरी ५ जना प्रतिनिधि चयन गरिएको छ ।

मालिकार्जुन गाउँपालिका कमिटीबाट पुरुषतर्फ गणेशसिंह धामी, सुरेन्द्रसिंह धामी, पदमसिंह धामी महिलाबाट कमला टमटा र जानकी धामी चयन भएको मालिकार्जुन गाउँपालिका कमिटी सचिव सुरेन्द्रसिह धामीले बताए ।

दुहुँ गाउँपालिका कमिटीबाट पुरुषतर्फ जंगबहादुर बम, जमनसिह बडाल, उत्तमबहादुर बम र महिलातर्फ भवानी लोथ्याल र पार्वती जोशी सर्वसम्मत चयन गरिएको गाउँ कमिटी अध्यक्ष जंगबहादुर बमले बताए ।

लेकम गाउँपालिका कमिटिबाट ३ जना पुरुष र २ जना महिला प्रतिनिधि सर्वसम्मत चयन गरिएको एमाले आठौं जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य परमानन्द जोशीले बताए । महाकाली नगर कमिटीबाट ४ जना पुरुष र २ जना महिला गरी ६ जना प्रतिनिधि सर्वसम्मत चयन गरिएको नेकपा एमाले महाकाली नगरकमिटी अध्यक्ष नरसिह चैसिरले जानकारी दिए । नगर कमिटीबाट दुर्गा धामी, मदनसिह ठगुन्ना, खडकसिंह महर,रतनसिह बोहरा र प्रेमसिह शाहु चयन भएका छन् ।

व्यास गाउँपालिकाको गाउँकमिटीबाट मंगलसिह धामी, निर्मला धामी, नारददत्त भट्ट, राजेन्द्रसिंह कुँवर र पुजा भट्ट गरि पाँच जना प्रतिनिधि चयन गरिएको गाउँकमिटी सचिव नारददत्त भट्टले जानकारी दिए ।

नेकपा एमाले नौगाड गाउँपालिका स्तरीय कमिटीले सर्वसम्मत पाँच जना प्रतिनिधि चयन गरेको छ । पुरुषतर्फ नरेन्द्रसिह ठगुन्ना, ठगेन्द्रसिह जुहारी र पानसिंह धामी सर्वसम्मत चयन भएका छन् भने महिलातर्फ गीता ठगुन्ना र रुपा टमटा चयन गरिएको नौगाड गाउँकमिटी अध्यक्ष जनकसिह ठगुन्नाले बताए । दार्चुलाको अपीहिमाल गाउँपालिका, मार्मा गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा प्रतिनिधि छनोट गरिएको छ । एमाले दार्चुलाको आठौं जिल्ला अधिवेशन २४ पुसमा सदरमुकाम खलंगामा हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्