काठमाण्डौ – देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
कर्णाली प्रदेशका हिमाली जिल्ला तथा ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायत सुदूरपश्चिमका केहि जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।
बस्तीमै हिमपात भएपछि चिसोका कारण घर बाहिर निस्कन समस्या भएको छ । पशुचौपायालाई पनि चरनमा समस्या भएको स्थानीयको भनाई छ ।
यो पनि पढ्नुहोस् ।
यस्तै हिमपातका कारण यातायातका साधन समेत अवरुद्ध हुन पुगेका छन् । सडकमै बाक्लो हिमपात परेपछि यातायात आवतजावतमा समस्या भएको छ । त्यसैगरी हिमपातका कारण अत्यधिक जाडो बढेपछि केही स्कुल पनि बन्द गरिएको छ ।