१६ जना सिडिओको सरूवा, को कहाँ (सूची सहित)

काठमाडौँ – गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ ।

गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार १६ जनाको काज सरूवा गरेको मन्त्रालयले जनाएको छ ।

ललितपुरका सिडिओ ढुण्डिप्रसाद निरौलाको गृह मन्त्रालयमा सरूवा भएको छ । उनको सट्टामा मन्त्रालयबाट सहसचिव घनश्याम उपाध्याय आएका छन् । भक्तपुरमा रूद्रादेवी शर्मा, गुल्मीमा पुण्यविक्रम पौडेल, गोरखामा शंकरहरि आचार्य, मोरङमा काशीराज दाहालको सरूवा भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मोरङका सिडिओ कोशहरि निरौलाको मन्त्रालयमा सरूवा भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्