भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा निरौला

काठमाडौँ – भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बुधबार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ गराएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्बासीका समस्याहरूलाई हटाउने बताए । उनले सुकुम्बासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै गएकोले आफ्नो नेतृत्वको टिमले ती समस्यालाई हटाउने प्रयत्न गर्ने बताए ।

सपथग्रहण समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, मुख्यसचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो । यस अघि देवी ज्ञवालीको अध्यक्षतामा गठन भएको भूमिसम्बन्धी समस्या समाधान आयोग प्रधानमन्त्री देउवाले खारेज गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्