स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण

कैलाली – गौरीगंगा नगरपालिकाको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल वितरण गरिएको छ । सोमबार मसुरिया स्वास्थ्य चौकीमा एक समारोहबीच ४२ जना स्वयं सेविकालाई साईकल प्रदान गरिएको हो ।

स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै साईकल वितरण गरिएको वडा अध्यक्ष तिवारीले बताएका छन् । अब आउने समय मानव स्वास्थ्यमा चुनौतीपूर्ण रहेको र ग्रामीण बस्तीमा छिटो छरितो सेवा पुराउन महिला स्वास्थ्य स्वयं सेविकालाई साईकलले सहयोग पुग्ने विश्वास लिईएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । मसुरिया स्वास्थ्य चौकी प्रमुख लाल प्रसाद पन्तले स्वागत गरेको कार्यक्रमको संचालन भुपेन्द्र शाहले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्