काठमाण्डौँको गोकर्णेश्वरमा अक्सिजन​सहितको गोकर्ण प्राथमिक अस्पताल सञ्चालनमा

काठमाण्डौँको गोकर्णेश्वरमा गोकर्ण प्राथमिक अस्पताल सञ्चालनमा आएको छ । “कोभिड हामी सबैको शत्रु, सामुहिक रुपमा परास्त गरौँ” भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिकाले अक्सिजन​ थेरापी सहितको अस्थायी आइसोलेशन सेन्टरको रुपमा गोकर्ण प्राथमिक अस्पताल सञ्चालनमा ल्याएको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले बताए ।
उनका अनुसार २५ बेडको आइसोलेसन सहितको अस्पताल स्थापना भएको छ । लायन्स क्लब इन्टरनेशनल, डिस्ट्रीक ३२५ एवान तथा राष्ट्रिय शहीद तथा शान्तिपार्क र निजामती स्मारक (यज्ञडोल) जगडोल सामुदायिक वन साझेदारी संस्थाको रुपमा रहेका छन् ।
पछिल्लो समय विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सिंगो मुलुक नै आक्रान्त भइरहेको बेला त्यसमा संघीय राजधानीमा रहेको गोकर्णेश्वर पनि अछुतो रहन सकेको छैन । यसै कुरालाई मध्यनजर गर्दै उक्त अस्पताल स्थापना गरेको हो । स्वाथ्यमा पहुँच बृद्धि गर्न तथा कोभिड उपचारमा गोकर्णवासीलाई सहज होस् भन्ने उद्देश्यले स्थापना गरेको मेयर चालिषेले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्