दार्चुलाको लेकम गाउँपालिकामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । काठ चिरान गर्न गएका एक पुरुषको बुधबार भीरबाट लडेर मृत्यु भएको हो । लेकम गाउँपालिका वडा नम्बर ५ अम्कुरका रामसिह बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।
जयपुर सामुदायिक बनमा काठ चिरान गर्न गएका बोहरोको मृत्यु भएको हो । बुधबार काठ चिर्न गएका बोहरा घर नफर्किएपछि खोजी भएको थियो । मृतकको शव बिहिबार बिहान जयपुर सामुदायिक बनमा जेठबहुरानी भीरबाट लडेको अवस्थामा फेला परेको छ ।
लेकम गाउँपालिकामा काठ चिरान गर्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु
![](https://upaharkhabar.com/wp-content/uploads/2020/04/Dead-Body--scaled.jpg)
सांकेतिक तस्बिर