डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका सिइओ पोखरेल चयन

काठमाडौँ – डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल चयन भएका छन् । एसोसिएसनको पन्ध्रौं वार्षिक साधारण सभाले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

साङ्ग्रिला डेभलपमेण्ट बैंकको सिइओ सुयोग श्रेष्ठ उपाध्यक्ष बनेका छन् । उनी महालक्ष्मी विकास बैंकका सिइओ हुन् ।
कोषध्यक्षमा प्रविण बस्नेत चयन भएका छन् उनी कामना सेवा बिकास बैंकका सिइओ हुन् ।

यस्तै सदस्यहरूमा नरेश सिंह बोहरा, ( प्रमुख कार्यकारी अधिकृत, लुम्बिनी विकास बैंक), प्रकाश पौडेल, (प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक), श्रीचन्द्र भट्ट (प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक ), नविन सुवेदी ( प्रमुख कार्यकारी अधिकृत, सप्तकोशी डेभलपमेण्ट बैंक) र उमेश कुमार आचार्य (प्रमुख कार्यकारी अधिकृत, ग्रिन डेभलपमेण्ट बैंक) चयन भएका छन् ।

१५ सदस्य विकास बैँकहरू मध्ये १४ सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्