काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा हिमपात भएको छ । शनिबार हेलम्बु गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा रहेका आमा याङग्री,सेर्माथाङ, तार्केघ्याङ्ग, मेलम्चिघ्याङ्ग, घोप्टेघ्याङ्ग, ठाडेपाटी हिमपात भएको हो ।
काठमाडौबाट नजकिको पर्यटकीय गन्तव्यको रुपमा रहेको हेलम्बुमा हिमपात भएपछि झन सुन्दरता थपिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
हिउँको अवलोकनगरी हेलम्बुको सुन्दरताको प्रत्यक्ष अनुभव गर्नको लागि हेलम्बु भ्रमण गर्न पनि अध्यक्ष शेर्पाले आह्वान गरेका छन् ।