भारतमा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, ४ लाख ४० हजार निको भए, संक्रमित कति ?

काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या संख्या सात लाख १९ हजार ६६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार २५२ नयाँ संक्रमित फेला परेका हुन् ।

अहिलेसम्म भारतमा चार लाख ३९ हजार ९४८ संक्रमित डिस्चार्ज भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्