नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य पदमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको छ । बागलुङकी घर भएकी समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा ज्वारचनलाई पठाउने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको छ ।
छन्त्यालको गत बुधबार निधन भएको थियो । रिक्त रहेको उक्त पदमा कांग्रेसले गुल्मीकी ज्वारचनलाई पठाउने निर्णय गरेको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् ।
काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको महिला (जनजाति) सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ ।
ज्वारचन बाणिज्य राज्यमन्त्री पनि भएकी थिइन् ।