फेसबुक पेजमा महंगो सामानहरु सस्तोमा पाइने भन्दै गरिने विज्ञापनबाट सतर्क रहन प्रहरीकाे आग्रह

महंगो मूल्यका सामानहरु अत्यन्त सस्तोमा पाइने भन्दै गरिने विज्ञापनहरुबाट सतर्क रहन प्रहरीले आग्रह गरेको छ । महानगरीय अपराध महाशाखाले एक सूचना प्रकाशित गरी त्यस्तो विज्ञापनमार्फत ग्राहकहरुलाई बैंक खाताहरुमा पैसा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकोले सतर्क रहन आग्रह गरेको हो ।
नेपाल होलसेल लगायतका नाममा खुलेका फेसबुक पेजमा आइफोन, ओनप्लस र अन्य ब्रान्डका मोबाइल, घडी र अन्य महंगो मूल्यका सामानहरु सस्ता मूल्यमा बिक्री गरिने विज्ञापन गरी बैंकमा पैसा जम्मा गर्ने गिरोह सक्रिय भएको जनाउँदै सो गिरोहका केही व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान भैरहेको समेत प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सर्वसाधारणहरुलाई त्यस्ता ठगहरुको प्रलोभनमा नपर्न तथा पैसाको कारोबार गरि सामान अर्डर गरेमा ठगिन सकिने भन्दै सतर्क समेत गराएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्