नेक्सस इन्टरनेशनल एकेडेमीमा खेलकुद सप्ताह सुरु

काठमाडौं – नेक्सस इन्टरनेशनल एकेडेमीमा वार्षिक खेलकुद सप्ताह-२०८३ सुरु भएको छ। विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा उजागर गर्ने, शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने र खेलकुदप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले खेलकुद सप्ताह आयोजना गरेको हो।

सोमबार आयोजित विशेष समारोहबीच विद्यालयको जुनियर ब्लकमा भाइस प्रिन्सिपल स्वीकृति राई तथा सिनियर ब्लकमा प्रिन्सिपल आरबी कटवालले खेलकुद सप्ताहको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा विद्यार्थीहरूले मार्चपास प्रस्तुत गर्दै खेलकुद सप्ताहको औपचारिक सुरुवात गरेका थिए। त्यसैगरी विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै तेक्वान्दोका आकर्षक कौशल प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको अनुशासन, कला, प्रतिभा र खेलकुद सीपले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो।

उद्घाटनका क्रममा विद्यालय नेतृत्वले शिक्षासँगै खेलकुद पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो। खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुर्‍याउने विश्वास विद्यालयले लिएको छ। एक सातासम्म चल्ने खेलकुद सप्ताहमा आन्तरिक रुपमा विभिन्न खेलहरु खेलाइने र उत्कृष्ट हुने विद्यार्थीलाइ ट्रफि मेडल तथा प्रमाणपत्र सहित सम्मान गरि अतिरिक्त क्रियाकपाल प्रमुख विवश मुस्यानले जानकारी दिनुभयो ।

खेलकुद सप्ताहअन्तर्गत विद्यार्थीहरूको उमेर, क्षमता र रुचिअनुसार विभिन्न खेलकुद गतिविधि तथा प्रतियोगिता सञ्चालन गरिने विद्यालयले जनाएको छ। प्रतियोगितामार्फत विद्यार्थीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेल भावना र सामूहिक सहभागितालाई प्रोत्साहन गरिनेछ।

विद्यालयले नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि महत्त्व दिँदै विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक तथा व्यावहारिक विकासमा जोड दिँदै आएको छ। खेलकुद सप्ताहले विद्यार्थीमा स्वस्थ जीवनशैली र खेल संस्कृतिको विकासमा थप योगदान पुर्‍याउने प्रिन्सिपल आरबी कटवालले विश्वास गर्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्