सुनको मूल्य घट्यो, तोलाको ३ लाख १ हजार

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको मूल्य १० ग्रामको २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ थियो।

यसअनुसार चाँदी प्रतितोला ४० रुपैयाँले घटेको हो। चाँदीको १० ग्रामको मूल्य ३ हजार ९ सय ६१ रुपैयाँ कायम भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्