आज विश्व मधुमेह दिवस, सचेतना र रोकथाममा जोड

 

काठमाडौं । आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ।

मधुमेह रोगबारे जनचेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, समयमै पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ।

पछिल्लो समय न्यून तथा मध्यम आय भएका मुलुकमा मधुमेहको समस्या तीव्र रूपमा बढ्दै गएको छ। बढी तौल, मोटोपना र अस्वस्थ जीवनशैली यसका प्रमुख जोखिममध्ये रहेका छन्।

मधुमेहका कारण अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने जस्ता गम्भीर समस्या निम्तिन सक्छन्।

स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम, तौल नियन्त्रण, सुर्तीजन्य पदार्थबाट टाढा रहने र नियमित स्वास्थ्य परीक्षण गर्ने बानीले मधुमेहको जोखिम कम गर्न सकिन्छ। समयमै पहिचान र उचित उपचारले यसबाट हुने जटिलता न्यूनीकरण गर्न सकिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्