प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हालसम्म पौने १२ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार बिहान ९ बजेसम्म दुवै कोषमा गरी ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो। बाढी, पहिरोलगायत विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संघसंस्था, निजी क्षेत्र तथा दाताबाट उक्त रकम सहयोगस्वरूप प्राप्त भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार हाल नौ वटा वाणिज्य बैंकमा ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ रुपैयाँ मौज्दात रहेको छ। यसअघि कोषमा जम्मा भएको रकममध्ये एक अर्ब रुपैयाँ रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा गरिएको छ।

त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। कोषमा संकलित रकम बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत, पुनःस्थापना र आवश्यक पूर्वाधार पुनर्निर्माणमा परिचालन गरिने जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्